अर्घाखाँची समाज जापानको प्रथम क्षेत्रीय अधिवेशन आउँदो मे २५ तारिकमा हुँदै

अर्घाखाँची ।अर्घाखाँची समाज जापानको प्रथम क्षेत्रीय अधिवेशन यही आउँदो २०२५ मे २५ तारिक हुने भएको छ । दिउँसो १२ बजे जापानको नागोया स्थित दियालो रेस्टुरेन्टमा हुने कार्यक्रमको अन्तिम तयारीमा आयोजक अर्घाखाँची समाज जापान लागेको जनाएको छ ।कार्यक्रममा अर्घाखाँची जिल्लाबाट जापानमा रहनुभएका विभिन्न व्यक्तित्वहरू, समाजसेवीहरू, मातृ संस्थाका प्रतिनिधिहरू तथा विभिन्न संघसंथाका प्रतिनिधिहरूको सहभागी हुने छ ।
आयोजक समिति संयोजक मनोज खनालका अनुसार अधिवेशनको सम्पुर्ण तयारी गरिसकिएको छ कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाउन चुबु, मीय र नागोया क्षेत्रका सम्पूर्ण अर्घाखाँचीबासीहरूलाई समयमै उपस्थित निमन्त्रणा गरिएको मनिस खनालले बताएका छन ।
कमेन्ट गर्नुहोस !