अर्घाखाँचीमा १६ गतेदेखि निषेधाज्ञा हुने

अर्घाखाँची ।अर्घाखाँचीमा निषेधाज्ञा हुने भएको छ । जिल्लामा पछिल्लो केहि दिन यता कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्न थालेपछि श्रावण १६ गते राति १२ बजेदेखि लागु हुने गरि श्रावण ३० गते सम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जसअन्तर्गत अत्यावश्यक पसल विहान ६ देखि विहान ९ बजेसम्म खुलाउने निर्णय गरेको छ भने एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानी बाहेकका सम्पुर्ण यातयातका साधन बन्द गरिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडे्लले जानकारी दिनुभयो ।यस्तै भैतिक दुरी कायम गरेर संचालन भएका परिक्षा संचालन गरिने बताइएको छ । निषेधाज्ञा अबधीमा सरकारी तथा गैरसरकारी, बैंक तथा बित्तीय संस्था सार्बजनिक तथा निजि यातायातका साधन पुर्ण रुपमा बन्द रहने छन् ।

May be an image of text

May be an image of text

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close