अर्घाखाँचीमा एयर सस्पेन्सन एसी बस पहिलो पटक सञ्चालन

सागर महत जेठ ०६,अर्घाखाँची ।
अर्घाखाँचीमा एयर सस्पेन्सन एसी बस पहिलो पटक सञ्चालनमा आएको छ । पश्चिमा नेपाल बस ब्याबसायि प्रा.लि. ले अर्घाखाँचीबाट काठमाडौं र काठमाडौ बाट अर्घाखाँचीको लागि ३ वटा बस सञ्चालनमा ल्याएको हो ।
सोफा सिट समेत रहेको बसमा सुतेर जान समेत मिल्छ ।बसमा ४१ सिट रहेको जनाएको छ ।जसमध्ये ४ वटा सिटमा सुतेर पनि जान सकिने छ ।
पश्चिमा नेपाल बस ब्याबसायि प्रा.लि. अर्घाखाँची शाखा कार्यालय प्रमुख कमल भट्टराईका अनुसार सिटमा बसेर र वा सुतेर जाने यात्रुको भाडा दर एउटै रहेको बताउनुभयो । बसको भाडा दर भने १७सय कायम गरिएको छ ।
सन्धिखर्कमा रहेको बसपार्कबाट प्रत्येक दिन दिउँसो तिन ४५ बजे र प्रत्येक दिन साँझ पाँच ३० बजे काठमाडौं बसपार्क बाट अर्घाखाँचीको लागि छुट्ने छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close