पाणिनि सम्मेलनको तयारी पुरा ,प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको पुण्य तपोभूमिलाई विश्व सामु चिनाउन राष्ट्रियस्तरको पाणिनी तपोभूमि सम्मेलन भोली (बुधबार) देखि सुरु हुने भएको छ ।

गाउँपालिका वडा नम्मबर १ र २ को सिमानामा पर्ने पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो।सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीबाट उदघाटन हुने कार्यक्रम २ दिन सम्म हुने छ ।जसअनुसार बुधबार र बिहिबार कार्यक्रम तय भएको हो । जसको सम्पुर्ण तयारी पुरा भएको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको सहकार्यमा यो सम्मेलन हुनलागेको हो ।
संस्कृत व्याकरणका प्रतिपादनकर्ता महर्षि पाणिनीले कठोर तपस्या गरी भगवान् शिवबाट व्याकरणका १४ सूत्र प्राप्त गरेको मानिने यस स्थलमा प्रचार–प्रसार, र संरचनागत विकास गर्नका लागि पाणिनी सम्मेलन गरिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close