कांग्रेस अर्घाखाँचीको जिल्ला र प्रदेश सम्मेलन जेठमा हुने

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला र प्रदेशको सम्मेलन आउँदो जेठमा हुने भएको छ ।शुक्रबार सन्धिखर्कमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले सोहि निर्णय गरेको हो । जिल्ला सम्मेलन र प्रदेश(क) र (ख) को क्षेत्रीय सम्मेलन सयुक्त रुपमा जेठ १० गते शनिबार सन्धिखर्कमा सम्पन्न गर्ने निर्णय भएको सभापती केशव श्रेष्ठले बताउनुभयो ।
केन्द्रीय निर्देशन अनुसार बैशाख १५ गते भित्र नेपाली नबिकरण र नया क्रियासिल सदस्यता नबिकरणका लागि केन्द्रीय कार्यलयमा पठाउने निर्णय गर्दै जिल्लामा आउन बाकि रहेका क्रियासल सदस्यता १४ गते भित्र जिल्ला कार्यसमिति मा पेस गर्न निर्देशन दिदै जनप्रतिनिधि पार्टीका पदाधिकारी सदस्य हरुले पार्टी बिधान अनुसार बुझाउनु पर्ने लेवि समेत जेठ १४ गते भित्र राष्ट्रिय बाणिज्य बैक अर्घाखाँचीमा रहेको खातामा रकम दाखिला गरि जिल्ला पार्टीमा भौचर पेश गर्न निर्देसन भएको प्रचार विभाग प्रमुख सुर्य भुसालको भनाइ छ।
बैठकमा उपसभापती बिष्णु प्रसाद भुसाल, बाबुराम पौडेल ,सचिब अच्युत गौतम कोषाध्यक्ष बिष्णु क्षेत्री, सहसचिव कमल पौडेल ,मेघराज पाण्डे तथा जिल्ला कार्यसमिति का सदस्य हरु नेपाली काङ्ग्रेस प्रदेस (क) सभापति राजेस पन्थि (ख) का सभापति हेमन्त बेल्वासे, सन्धिखर्क नगरसभापती बाबुराम भुसाल ,उपसभापति तुल्सिराम पौडेल, पाणिनि सभापती तुल्सि पौडेल, मालारानी सभापति सोभाखर खनाल ,छत्रदेव सभापति प्रकाश राज पन्थि पाटीका महाधिवेशन प्रतिनिधि अन्य पालिका का प्रतिनिधि हरुको सहभागीता रहेको थियोे ।
कमेन्ट गर्नुहोस !