ईद उल फित्रको अवसरमा मन्त्री राणाको शुभकामना

देउखुरी । लुम्बिनी प्रदेश सरकारका शहरी विकाश खानेपानी मन्त्री तथा नेपाली काङ्ग्रेसका युवानेता रोज राणाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्रको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राणाले देश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली मुस्लिम समुदायका साथै सम्पूर्ण नेपाली बुवा आमा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।
शुभकामना मा राणाले भन्नुभएको छ नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधता भएको देश भएकाले यहाँको धार्मिक सहिष्णुता अनुकरणीय रहेको बताउदै धार्मिक तथा सांस्कृतिक चाडपर्वहरूले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्न तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने शुभकामना मा उल्लेख छ ।
कमेन्ट गर्नुहोस !