छत्रदेवमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, आधारभुत सेवालाई प्रभावकारी बनाउन आग्रह

छत्रदेव ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ४ केरुङ्गा को सभाहलमा प्रथम चौासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।गाउँपालिका ले आर्थिक बर्ष २०८१ /२०८२ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी वा असन्तुष्टि गुनासो सुनुवाई गर्ने तथा पालिकाले गरेको चौमासिक प्रगति योजना आयोजना को अबस्थाबारे नागरिक लाई जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताउनुभयो ।

गाउँपालिका का अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा गाउँपालिका का उपाध्यक्ष मनि पन्थि प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे पालिका स्थित विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि हरु शैक्षिक ब्यक्तित्व हरु नागरिक समाज सरोकारवाला जनप्रतिनिधि कर्मचारी हरु पालिका का ,वार्ड नम्बर १ देखि ८ सम्मका वार्ड अध्यक्ष लगाएत जनप्रतिनिधी तथा सरोकारवाला हरु स्थानीय बासिको उपस्थिती रहेको गाउँपालिका पालिका अधिकृत शिव बर्मा ले जानकारी दिए ।

छत्रदेव गाउँपालिकाकाको आयोजनामा तथा वर्षा सन्चार मिडिया नेटवर्क अर्घाखाँची को सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो। कार्यक्रमको सहजिकरण पत्रकार सुर्य प्रसाद भुसाल आकाश भुसाल ले गरेका थिए ।कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।
सुझाब दिनेले गाउँपालिका भित्र रहेको प्रशासकीय भबन लामो समयदेखि अलपत्र परेको अस्पतालमा मा दक्ष जनशक्ति नभएको सामान्य बिरामि पर्दा समेत बुटवल जानू पर्ने बाध्यता भएको निर्माण ब्यबसायि को लापरबाही का कारण बर्षौ सम्म केही सघिय सरकार ले लगानि गरेका सडक हरुमा काम हुन नसकेको जनप्रतिनिधि हरुले कार्यकर्ता पाल्ने खालका वार्ड हरुमा टुक्रा योजना निर्माण गरेको राजश्व सोचेजस्तो गाउपालिका ले उठाउन नसकेको बिकास ले तिब्रता लिन नसकेको जस्ता प्रश्न हरु राखेका थिए ।

सहभागी ले राखेका सुझाब प्रश्न को गाउँपालिका का अध्यक्ष चन्द्रमान श्रेष्ठ उपाध्यक्ष मनि पन्थि प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे योजना अधिकृत भाण्कर खनाल लगाएत बिषयगत शाखाका प्रमुख हरु वार्ड अध्यक्ष हरुले जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हरुले छत्रदेव गाउपालिका को प्रशासनिक भबन निर्माणकार्य मा भएको ढिलाई १५ सैयाको अस्पताल निर्माणकार्य मा भएको ढिलाईले गाउपालिकाको बिकाश निर्माण मा गभ्भिर असर पारेको बताएका थिए । कार्यक्रम मा गाउपालिका को आर्थिक बर्ष २०८१/२०८२ को पहिलो चौमासिक अबधिमा भएका कामहरुको समिक्षा गरिएको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close