जनकपुरबाट एउटा पाङ्ग्राविनै आएको बुद्ध एअरको विमान काठमाण्डौमा सकुशल अवतरण

काठमाण्डौ – जनकपुरबाट आएको बुद्ध एअरको एउटा विमान पाङ्ग्राविना नै काठमाण्डौमा सकुशल अवतरण गरेको छ ।

हिजो दिउँसो जनकपुरबाट काठमाण्डौका लागि आएको विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्राविना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।’

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाण्डौ उडान नम्बर ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाण्डौमा सुरक्षित अवतरण गरेको बताउनुभयो । ‘जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ’, उहाँले भन्नुभयो ।रासस

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close