भोली सन्धिखर्क र पाणिनिमा बिदा

सन्धिखर्क,भदौ ११।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकाले नेपाली महिलाहरूको महान् पर्व तीजको अवसर अन्तर्गत पर्ने ऋषि पञ्चमीको दिन भोली सार्वजनिक बिदा दिएका छन।
सन्धिखर्क नगरपालिकाले सार्वजनिक बिदा भनेको छ भने पाणिनि गाउँपालिकाले ऋषि पञ्चमीको अवसरमा भोली बिहिबार बिदा उल्लेख गरेको छ ।
कार्यालयसहित मातहतका वडा कार्यालय, स्वास्थ्य इकाई तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिका र गाउँपालीकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस !