अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा मालारानी २ का ५१ वर्षीय कृष्णलाल मरासिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
बुटबल बाट मालारानी गाउँपालिका २ कुभिन्डेमा आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।जिप सडक देखि करिव ४सय मिटर तल खसेको थियो ।
कमेन्ट गर्नुहोस !