अर्घाखाँची कांग्रेस निकट प्रजातान्त्रिक सेनानी संघको नयाँ नेतृत्व चयन

सुर्य प्रसाद भुसाल,सन्धिखर्क ।नेपाली कांग्रेस निकट प्रजातान्त्रिक सेनानी संघ अर्घाखाँची गठन गरिएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर २ निबासी बिष्णु प्रसाद भुसालको अध्यक्षतामा गठित नया जिल्ला कार्यसमितिको गठन गरिएको छ ।
जसको उपाध्यक्षमा लक्ष्मि श्रेष्ठ सचिबमा, तुल्सिराम पौडेल, सदस्यमा मणिराम पौडेल, अशोक श्रेष्ठ ,सुमन्त प्रसाद पौडेल, हुम प्रसाद खनाल ,प्रेमनारायण बेल्वासे ,राम प्रसाद भट्टराई तथा क्षेत्रीय प्रतिनिधिमा पिताम्वर सर्मा ,महमद सफर मिया बालकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ। कार्यक्रम नबराज पन्डित शर्माको प्रमुख अतिथ्यता मुक्ति प्रसाद शर्माको बिशिष्ट अतिथ्यता बिधान श्रेष्ठ कांग्रेस अर्घाखाँचीका पुर्व सभापति पिताम्बर शर्मा ,कमल प्रसाद भुसाल यस्तै काग्रेस नेता लिलाराम गौतम ,हरि प्रसाद दमासेले लगायतले मन्तब्य राखेको कार्यक्रम ईन्द्र बहादुर क्षेत्री को अध्यक्षता बालकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न भएको सेनानि संघका सचिब तुल्सिराम पौडेलले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !