दुर्गेशलाई पनि अर्घाखाँचीमा दर्शकको उत्साजनक साथ

सन्धिखर्क ।माघ १२ गते अर्घाखाँची महोत्सवको समापनको दिन प्रस्तुती दिन गायक तथा मोडल दुर्गेश थापा र रचना रिमाल लगाएतका कलाकार आए ।
पुर्वानुमान भन्दा अझै बढी दर्शक उनलाई हेर्न सन्धिखर्कको कुँडुले फाँटमा आएको आयोजकले जनाएको छ ।विशेष गरी हिजो दुर्गेशका फ्यान र दर्शक पछि लागेपछि महोत्सवस्थल छिर्ने र निस्कने समयमा आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो ।
मेलामा एकै दिन करिव १५हजार दर्शकले अवलोकन गरेका छन ।दुर्गेश थापाको क्रेज र उनका समर्थकहरुको घुँईचोले शनिबार मेलामा रौनक थपेको थियो ।दुर्गेशले मेरा दर्शक राजा हुन भन्दै इतिहास देखाइदिए सबै भन्दा धेरै दर्शक सहभागी गरार भनेका समेत थिए ।उनले भर्खरै बजारमा आएको गीत तिमी हट अनि पट,खुर्सानी पिरो,बिच्च बिच्चमा लगायतका गीत गाउँदै नाच्दै दर्शकलाई पनि नचाएका हुन ।
यस्तै चर्चित गायिका रचना रिमालले पनि दर्शकलाई छमछमी नचाइकि थिइन नरम शैलीमा पस्तुती दिएकी रिमालले फोटो फिरिममा,सम्झीने पानी झरकर्ने जस्ता गितमा पस्तुती दिएकी हुन ।उनलाई पनि युवा पुस्तादेखि पाका पुस्ताले गीतमा नाचेर साथ दिएका थिए ।
कमेन्ट गर्नुहोस !