लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम मालारानीमा सम्पन्न

मालारानी ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना गाउँपालिकाको समन्वयमा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम र सेवा प्रवाह सम्बन्धमा समन्वय, सहजीकरण कार्यक्रम गाउँपालिकाको सभाहलमा भएको हो ।


प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षता, गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईको प्रमुख आतिथ्यता, उपाध्यक्ष दिपा पोख्रेलको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्ल, सशस्त्र प्रहरी प्रमुख भिमसेन बोहरा, प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराई, ईलाका प्रहरी कार्यालय खनका प्रहरी निरीक्षक, वडाका वडा अध्यक्षहरु, एवं सदस्य तथा पालिकामा कार्यरत शाखा प्रमुख, वडा सचीवहरु समेतको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासनबाट हुने सेवा प्रवाह तथा प्रगति विबरणको समेतको बारेमा जानकारी गराउनु भएको थियो। उपस्थित अतिथीबाट उठेका गुनासा र कार्यसम्पादनको क्रममा देखिएका समस्याको समाधानका बारेमा प्रमुख जिल्ला अधिकारी अर्यालले पष्ट पार्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close