वरिष्ठ रेडियोकर्मी ताम्राकारको मृत्यु

काठमाण्डौ । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको मृत्यु भएको छ ।नेपाली रेडियोको इतिहासमा, बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार हो ।

रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचिका, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो । उपचारका क्रममा उहाँको निधन भएको परिवारका सदस्यले बताएका छन् ।

२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो । काभ्रेको बनेपामा जन्मनुभएकी ताम्राकार रेडियो पत्रकारितामा वरिष्ठ रेडियोकर्मी ताम्राकारको योगदान अतुलनीय छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close