साथी बहुउद्देश्यीय सहकारी संस्थाले पत्रकार केसीलाई सम्मान गर्ये

सन्धिखर्क ।साथी बहुउद्देश्यीय सहकारीको संस्था लिमिटेडको चौथो बार्सिक साधारणसभाको अवसरमा साथी सहकारीको गतिविधिको उत्कृष्ट समाचार समाचार सम्प्रेषण गरेको भन्दै कान्तिपुर दैनिकका उपसम्पादक अग्रज पत्रकार वीरेन्द्र केसीलाई सम्मान गरिएको छ।
लुम्बिनी प्रदेश सांसद रामजीप्रसाद घिमिरेले सम्मान गरेका हुन् ।केसी दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । केसी गतबर्स प्रेस काउन्सिलबाट उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार मन्त्री रेखा शर्माबाट पुरस्कृत भएका थिए ।
त्यस्तै उत्कृष्ट कमल चलाएको भन्दै लुम्बिनी प्रदेश सरकारबाट पुरस्कृत समेत भएका छन् । तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चाधरी, प्रदेश प्रमुख अमिक शेरचन र सभामुख तुलाराम घर्तीबाट सम्मानित भएका थिए । यी सहित केसीले दर्जनौ पुरस्कार पाइसकेका छन् ।
कमेन्ट गर्नुहोस !