छत्रदेव गाउँपालिकामा स्वयंसेविका नगद सहित सम्मानीत

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पनि २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाएको छ । कार्यक्रममा २०८० मङ्सिर महिना देखि २०८१ कार्तिक महिना सम्म अवकाश भएका १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छत्रदेव गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि दिर्घ सेवा सम्मान सम्बन्धी कार्यविधि, २०७७ बमोजिम सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख बुद्वि राम न्यौपाने जानकारी दिनुभयो ।
यस्तै गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादनका आधारमा उत्कृष्ट सिफारिस गरिएका ८ जना लाई नगद पुरस्कार सहित सम्मान गरिएको उहाँले बताउनुभयो ।कार्यक्रम गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनी पन्थी,प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डे वडाअध्यक्षहरु कमल पौडेल, तेज प्रसाद खनाल, महिला स्वास्थ्य स्वयंसेविका सञ्जालका अध्यक्ष किमकला भुसाल, ठूलापोखरा स्वास्थ्य चौकी प्रमुख विश्वदेव न्यौपाने, लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम स्वास्थ्य शाखा प्रमुख बुद्वी राम न्यौपानेको स्वागत मन्तव्य मेघराज न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !