मालारानीमा जीप दुर्घटना हुँदा चालक गभ्भीर घाइते

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डे मा जीप दुर्घटना हुँदा चालक कृष्ण लाल मरासिनी गभ्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।बुटवल बाट मालारानी गाउँपालिका २ ढाणचौर आउदै गरेको लु१ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो ।
जिप सडक देखि ४सय मिटर तल खसेको छ । दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय खनले जनाएको छ ।चालकको थप उपचारका लागि गुल्मी पठाएको छ ।
कमेन्ट गर्नुहोस !