छत्रदेवमा पोषण सम्बन्धी गाउँपालिका स्तरीय बार्षिक समिक्षा सम्पन्न

छत्रदेव ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पोषण कार्यक्रमको गाउँपालिका स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनी पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुख लगायत कार्यक्रमका फोकल पर्शनहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गत वर्षको गाउँपालिका अन्तर्गतको पोषण कार्यक्रमको प्रगती समीक्षा गर्नुको साथै चालु वर्षका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सम्पन्न गर्नकालागि योजना समेत निर्माण गरिएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपानेबाट बहुक्षेत्रीय पोषण योजना तेश्रोको बारेमा समेत प्रस्तुतीकरण गर्दै गाउँपालिकामा निर्माण हुने योजना र सञ्चालन हुने क्रियाकलापलाई उक्त योजना सङ्ग तादम्यता मिलाएर अघी बढाउनुपर्ने कुरामा जोड दिनु भएको थियो ।कार्यक्रम स्मृती गौतमले सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close