लुम्बिनीमा अर्घाखाँची प्रहरी उत्कृष्ट

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशका अन्य जिल्ला प्रहरीको तुलनामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।लुम्बिनी प्रदेश प्रहरीले प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयसँग प्रत्येक वर्ष कार्य सम्पादन सम्झौता गर्दै आएको छ ।सोहि अनुसार जिल्ला प्रहरी अर्घाखाँचीलाई प्रशंसापत्र प्रदान गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लको भनाइ छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयबीच भएको कार्यसम्पादन मूल्याङ्कनमा तोकिएका नतिजा सूचकहरु उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो ।
कमेन्ट गर्नुहोस !