एमाले तत्काल सरकारबाट नबाहिरिने

काठमाडौं।नेकपा एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ।आज बसेको सचिवालय बैठकले २५ गतेसम्म सरकारलाई दिएको समर्थन यथावत् राख्ने र सरकारबाट नबाहिरिने निर्णय गरेको उपमहासचिव पृथ्वीसूब्ब गुरुङले जानकारी दिनुभयो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् नै राख्ने निर्णय समेत गरिएको हो ।उहाँले पुस १० गतेको सहमति कायम नै रहेको समेत जानकारी दिनुभयो ।

‘पुस १० गतेको निर्णयअनुसार अगाडि बढ्छौं। सोही अनुसार राष्ट्रपति चयन गर्नुपर्छ। कांग्रेससहितका दलहरुलाई सहमतिमा ल्याउन प्रयास गर्छौं,’ उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close