पुर्व विशिष्ट व्यक्तिहरूले पदबाट हटेपछि पाउने सेवासुविधा हटाउने अभियान सुरुःमुख्यमन्त्री आचार्य

सन्धिखर्क ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुर्व विशिष्ट व्यक्तिहरूले पदबाट हटेपछि पनि सरकारबाट सुविधा पाउने व्यवस्था हटाउन सुरु गरेको बताउनुभएको छ । फर्जुल खर्च रोक्न नीति गत निर्णय गरेको उल्लेख गर्दै सोहि अनुसार अगाडि बढेको बताउनुभएको छ ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले गरेको पत्रकार सम्मेलन बोल्दै मुख्यमन्त्री आर्चायल यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री आचार्यले बतर्मान सरकारले पुरक बजेट नल्याउने बताउँदै अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यन्वयन गर्ने बताउनुभयो ।कृषिमा सम्भावना बोकेको क्षेत्रभएकाले यहाँ धेरै भन्दा धेरै लगानी भिञ्याउनको लागि विदेशका १२ देश र एशियाली बैंक सँग पनि कुराकानी भैरहेको बताउनुभयो ।कृषि र पर्यटन क्षेत्रमा यहाँको भुगोल रहेको छ ।यता लुम्बिनीका सबै जिल्लामा महत्त्वपूर्ण तथा ऐतिहासिक महत्त्वका पर्यटकीय स्थल भएकाले प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटकलाई भ्रमण गराइने प्रदेश सरकारको तयारी रहेको उहाँको भनाइ छ ।
१२ जिल्लालाई एउटा लुम्बिनी पर्यटन सर्किटको रुपमा विकास गर्ने योजना छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तब्य स्थलमा पु¥याउन सकियो भने सोंचेको जस्तो विकास हुनेछ’उनले भने ‘रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटको रुपमा विकास गरेर लग्नेछौ ।

१२ जिल्लालाई एउटा लुम्बिनी पर्यटन सर्किटको रुपमा विकास गर्ने योजना छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तब्य स्थलमा पु¥याउन सकियो भने सोंचेको जस्तो विकास हुनेछ’उनले भने ‘रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटको रुपमा विकास गरेर लग्नेछौ ।
लुम्बिनीलाई पर्यटन सर्किटबाट जोड्ने योजना सरकारले बनाएको र यसबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकहरुलाई आकर्षीत गर्न सकिने योजना रहेको बतानुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close