दाङमा अटोलाई खोलाले बगाउँदा २ जना बेपत्ता

दाङ।दाङमा अटो चढेका २ जनालाई खोलाले बगाएको छ । शुक्रबार साँझ तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा २ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् ।घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।
कमेन्ट गर्नुहोस !