सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु,एक जनाको जीवितै उद्धार

काठमाडौं । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। सौर्य एयरको ९ एन एएमई जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो ।सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ।
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो। अहिले विमानस्थल नियमित संचालनमा आएको छ ।
कमेन्ट गर्नुहोस !