प्रधानमन्त्री ओलीले साउन ६मा विश्वासको मत लिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
त्यसको भोलिपल्ट ३१ गते सोमबार उहाँले पद तथा गोपनीयताको शपथ लिनुभयो ।प्रधानमन्त्री ओलीको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र लोसपाका तर्फबाट मन्त्रीहरू बनेका छन्।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
कमेन्ट गर्नुहोस !