गुल्मी अस्पतालमा बालिकाको उपचारको क्रममा मृत्यु भएपछि डाक्टरलाई कुटपिट

अर्घाखाँची ।गुल्मी अस्पतालमा बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन ।आज बिहान अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काउलेकी ७ वर्षिय बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा. राजेन्द्र जिसीमाथि कुटपिट गरेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
मृतकका परिवारले सामान्य पेट दुखेर अस्पताल ल्याएको बालीकाको चिकित्सकको लाहापरवाही गर्दा मृत्यु भएको आरोप लगाएका छन ।अहिले पनि आफन्तहरुले टायरबाली प्रर्दशन गरेका छन ।
यता अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मका लागि अति आवश्यक (आकस्मिक) बाहेकका अन्य सेवा बन्द भएको बताइएको छ ।
कमेन्ट गर्नुहोस !