भेटेरिनरीको स्वास्थ्य सम्बन्धि गोष्ठी सम्पन्न,परामर्श गरेरमात्र औषधि सेवन गर्न डा.शाहको आग्रह

असार २९,सागर महत,सन्धिखर्क।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा एक स्वास्थ्य अवधारणा गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ।कार्यक्रममा उत्साहजन पशुपालक कृषकको सहभागीता रहेको थियो।
विशेष गरि मानिस र पशुमा लाग्ने रोगको बारेमा अर्घाखाँची अस्पतालमा कार्यरत MDGP डा.अशोक कुमार साहले प्रशिक्षण दिनुभएको हो।उहाँले पशुपालक कृषकलाई पशुबाट मानिसमा लाग्ने रेबिज रोग लगायतका विषयमा प्रकाश पार्नुभएको हो।
यस्तै उहाँले पछिल्लो समय परामर्श बिना औषधि सेवन गर्ने बिरामीहरु बढेकाले डाक्टरको परामर्श गरेर मात्र औषधि सेवन गर्न आग्रह गर्नुभयो। बिना परामर्श औषधि सेवन गरेमा स्वास्थ्यमा थप समस्या आउने भएकाले यसमा सबै सचेत हुन जरुरी भएको डाक्टर शाहले बताउनुभयो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख विष्णु पौडेलका अनुसार पशु पालक कृषकको मागको आधारमा स्वास्थ्य सम्बन्धि गोष्ठी आयोजना गरिएको बताउनुभयो।
यसले मानव जिवनमा लाग्ने रोग र पशुमा लाग्ने रोगको बारेमा कृषकलाई केही भएपनि स्वास्थ्य सम्बन्धित जानकारी हुने उहाँले बताउनुभयो।
तस्बिर
कमेन्ट गर्नुहोस !