दशैंअघि पालिका तहको अधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । आज अपरान्ह सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टीको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन गर्ने निर्णय गरेको छ ।दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल गर्ने आजको बैठकमा सहमति भएको हो । पदाधिकारी बैठक चलिरहेकै बेला सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने सत्ता गठबन्धनको बैठकमा सहभागी हुन निस्किएका थिए । कांग्रेसले यसअघि नै असोज ९ गते गाउँपालिका र नगरपालिकाको अधिवेशन गर्ने तय गरेको छ ।
कमेन्ट गर्नुहोस !