अर्घाखाँचीमा एकै दिन ३८ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा २७ जना,शितगंगा नगरपालिकामा ९ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो सहित सक्रिय कोरोना संक्रमितको संख्या ६४ पुगेको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ३४ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा १० जना,मालारानी गाउँपालिकामा १ जना,पाणिनी गाउँपालिकामा १५ जना र छत्रदेव गाउँपालिकामा १ गरि सक्रिय कोरोना संक्रमितको संख्या ६४ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा शितगंगा नगरपालिकामा २ जना कोरोना मुक्त भएका छन ।
कमेन्ट गर्नुहोस !