आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल बङ्ग्लादेशसँग पराजित

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल बङ्ग्लादेशसँग २१ रनले पराजित भएको छ । नेपाल १९ ओभर २ बलमा अलआउट भयो ।
वेस्ट इन्डिजको किङ्ग्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेश १९ ओभर ३ बलमा एक सय ६ रन बनाउँदा अलआउट भयो ।आजको खेल जितेको बङ्ग्लादेश समूह ‘डी’ बाट सुपर आठमा पुगेको छ । टी–२० विश्वकपमा बङ्ग्लादेशसँगै भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगे । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ ।
कमेन्ट गर्नुहोस !