परम्परागत र नयाँ हिंसा समाजमा कायम रहेको छःअध्यक्ष पराजुलीको भनाइ

सागर महत,सन्धिखर्क ।
राष्ट्रिय महिला आयोगकि अध्यक्ष कमला कुमारी पराजुलीले परम्परागत र नयाँ हिंसा समाजमा कायम रहेको बताउनुभएको छ ।यसको न्युनीकरणको लागि ३ तहको सरकार,राजनितिक दल,अभिभावक ,सुरक्षा निकाय,शिक्षक लगायतका व्यक्तीहरु पनि जिम्मेवार हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा महिला हिंसा निवारणको लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठक र अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो ।


आयोगले हिंसा न्यूनीकरणका लागि सचेतना, खबरदारी र पैरवीका काम गर्दै आएको छ । कार्यस्थलमा हुने हिंसा, विद्यालय, घर र सामाजिक परिवेशलाई पनि सुरक्षित बनाउन हामीले काम गरेता पनि अझै पनि केहि मुद्धाहरु दबाब र प्रभावमा बाहिर आउन नसक्दा पिडितले न्याय पाउन नसकेको बताउनुभयो ।यस्तै पछिल्लो समय पुरुष भन्दा बढी महिलाहरु विभिन्न कारणबाट हिंसामा पर्दा डिप्रेशनको शिकार बन्न पुगेको अध्यक्ष पराजुलीको भनाइ छ ।
यस्तै जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालाले जिल्लाका ६ वटै पालिका र विद्यालय क्षेत्रमा यसको जोगिम न्युनिकरणको लागि सचेतना कार्यक्रम आवश्य पर्ने भएकाले यसमा सबै निकाय जिम्मेवारी हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,उपप्रमुख मिश्रा आचार्य ,प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रतिस सिंह राठौरले हरेक प्रकारका हिंसा न्युनिकरणमा सबै तर्फको समन्वयको आवश्य रहने बताएका छन्। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य र अधिकारक्रमी बाबुराम पौडे्लले प्रतिवेदन पस्तुत गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close