घरेलुको आयोजनामा सन्धिखर्कमा सिपमुलक तालिम प्राप्त गर्दा खुशी

सागर महत ,सन्धिखर्क ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीलेले ४सय ८ घण्टे आल्मुनियम फेब्रीकेटर सम्बन्धी निःशुल्क तालिम सन्धिखर्कमा संचालन गरेको छ । वेरोजगार युवालाई सीप प्रदान गरि आर्यआर्जन गर्न सहज होस भनेर तालिम संचालन गरिएको कार्यालयका अधिकृत लक्ष्मी प्रसाद दाहालले जानकारी दिनुभयो ।
रोजगारीका लागि विदेशमा होस वा नेपालमा सिप नहुँदा धेरै ठाउँमा रोजगार प्राप्त गर्न नसकेको अनुभव सुनाउँदै यो तालिम निकै फलदायी भएको प्युठानका बोम बहादुर थापाको भनाइ छ ।यस्तै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा व्यवसायीक रुपमा सिलाई व्यवसायी गर्दै आएकाहरुलाई १५ दिने मेशिन मर्मत स्तरोन्नती तालिम पनि संचालन गरिएको घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख सन्तोष खनालले बताउनुभयो।
सानो तिनो मेशिनको समस्यालाई समेत मर्मत गर्न नसक्दा ठुला ठुलो दुख र क्षती व्यवसायीहरुले बेहोर्नु पर्ने भन्दै यो तालिम उनिहरुका लागि बिषेश उपलब्धी बताउनुभयो ।तालिममा सहभागी सुर्यप्रसाद श्रेष्ठका अनुसार सानो तिनो मेशिन बिग्रिदा बुटवल लैजानु पर्ने बाध्यता थियो । बुटवलबाट मागका आधारमा प्रशिक्षक लिएर तालिम संचालन गरिएकोमा व्यवसायहिरु खुशी भएको उहाँको भनाइ छ।आल्मुनियम फेब्रीकेटर र सिलाई मेशिन तालिममा करिव ४० जना सहभागी रहेका छन ।
कमेन्ट गर्नुहोस !