प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष कुवँरद्वारा सन्धिखर्कमा शैक्षिक सामग्री हस्तान्तरण

सन्धिखर्क ।नेपाल प्रहरी श्रीमती संघले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको बाल आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुवँरका अनुसार आफैंले अध्यनरत गरेको विद्यालयमा ५३ जना बिद्यार्थीहरु लाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले अक्षर आरम्भ गरेको विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
यस्तै नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको समन्वयमा अर्घाखाँची जिल्लाका प्रहरी कर्मचारीहरु पुर्ब प्रहरी कर्मचारीहरु अम्बर प्रहरी कर्मचारी परिवारहरु को लागि एक दिने स्वास्थ शिबिर पनि सम्पन्न भएको छ ।
संघका केन्द्रिय अध्यक्ष लक्ष्मी कुवरको प्रमुख आतिथ्यतामा शुरु भएको शिबिरको प्राबिधिक सहयोग अर्घाखाँची अस्पताल तथा जिल्ला आँखा अस्पतालको रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठोर, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस !