अर्घाखाँचीमा पनि वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न

सन्धिखर्क ।हरेक वर्ष चैत्र को पहिलो हप्ता मनाइँदै आएको वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताहब्यापी सचेतना अभिबृद्धि कार्यक्रम अर्घाखाँचीको शितगंगा नगरपालिकामा पनि सम्पन्न भएको छ।डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरी सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख ईश्वरी प्रसाद पौडे्ेलले जानकारी दिनुभयो ।शितगंगा नगरपालिकाको ठाडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख छविलाल पौडे्लले डढेलोले वन तथा जैविक विविधितामा विनाश गर्ने, सुख्खापन बढाउनुका साथै जलवायु परिवर्तनमा समेत नकारात्मक असर पार्ने भएकाले यो वनको सबैभन्दा ठूलो शत्रु भएको र यसका विरुद्ध एक जुट हुन आब्ह्वान गर्नुभयो ।आगलागि भएको क्षेत्रमा त्यसको नियन्त्रणमा सबैले सहकार्य गरेर नियन्त्रणमा लाग्न समेत आग्रह गर्नुभयो ।
शितगंगा सव डिभिजन कार्यालय र बाणगङ्गा सब डिभिजन कार्यालय कार्यक्रममा समन्वय गरेका थिए ।यस्तै सचेतना मुलक नारा सहित र्यालि पनि गरिएको थियो ।
साताभरिमा जिल्लाका विभिन्न स्थानमा सचेतना गोष्ठी र ¥याली, सामुदायिक वनमा वन डढेलो नियन्त्रणका डढेलो नियन्त्रण संजाल गठन विद्यालयमा विद्यार्थीहरुलाइ वन डढेलो नियन्त्रण र प्राकृतिक श्रोत संरक्षण सम्वन्धि शिक्षण, लगायतका कार्यक्रमहरु संचालन गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !