औषधि व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा राम प्रसाद अधिकारी निर्बाचित, राज्यले औषधी बेच्दा व्यवसायी मर्कामा

प्रेमनारायण आचार्य,सन्धिखर्क । नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा राम प्रसाद अधिकारी निर्बाचित हुनु भएको छ ।आज सन्धिखर्कमा भएको नेपाल औषधि व्यवसायी संघको छैठौ जिल्ला अधिबेशनले अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नेपाल औषधी व्यवसायी संघ अर्घाखाँची शाखाको कार्य समिति चयन गरेको हो ।जसको उपाध्यक्षमा कृष्ण प्रसाद बन्जाडे, महासचिव तुल्सिराम मिश्र, सचिव सुर्य बहादुर थापा, कोषाध्यक्ष विष्णु भुसाल र उप कोषाध्यक्षमा रुद्र खनाल रहेका छन् । जसको सदस्यमा कुमारी सिता आचार्य, नितेस भुसाल र केशव भट्टराई रहेको निर्बाचन समितिका संयोजक कृष्ण वर्माले बताउनुभयो ।

कार्यक्रममा नव गठित कार्य समितिलाई निर्वाचन समितिका संयोजक कृष्ण वर्मा, नेपाल औषधी व्यवसायी संघका प्रदेश सदस्य नारायण पौडेल, पुर्व अध्यक्ष दलबहादुर केसी, लिलामणि ढुंगाना, निबर्तमान अध्यक्ष प्रेम बहादुर पछाई, पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले शुभकामना ब्यक्त गरेका थिए ।


नवगठित अध्यक्ष राम प्रसाद अधिकारी र महासचिव तुल्सिराम मिश्रले प्रतिबद्धता मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
राज्यले औषधी बेच्दा व्यवसायी मर्कामा
राज्यले औषधी बेच्दा व्यवसायीहरु मर्कामा परेको व्यवसायीहरुको गुनासो रहेको छ । नेपाल औषधी व्यवसायी संघ अर्घाखाँचीको छैठो जिल्ला अधिबेशनमा बोल्ने बक्ताहरुले एउटै व्यवसाय तीन चार स्थानमा दर्ता गर्नु परेको पनि गुनासो गरेका छन् ।
नेपाल औषधी व्यवसायी महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले निजी अस्पताल र औषधी व्यवासायीलाई सुरक्षा दिने बाहेक कुनै सेवा सुबिधा नदिएको आरोप लगाउनुभयो ।उनले औषधी व्यवसायीहरुले ३९ प्रतिशत सम्म कर तिर्नु परेको बताउनुभयो । सरकारी निकाय एक स्थानमा मात्र दर्ता गरेर व्यवसाय सञ्चालन गर्न पाउने गरी नीति बनाउन पनि माग गर्नुभयो ।

नेपाल औषधी व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवालीले विमाबाट उपचार गर्ने नाममा अस्पताल भित्रै औषधी बिक्री गर्दा औषधी व्यवसायी समस्यामा परेको गुनासो गर्नुभयो । सरकारी अस्पतालले औषधी फार्मेसी सञ्चालन गरेर मुनाफा कमाएको उनको आरोप छ ।
पानीको मुल्य समेत होटल र पशलै पिच्छे फरक फरक हुने तर देशभर एउटै एमआरपीमा औषधी बेच्दा पनि सरकारले हेर्ने दृष्टीकोण फरक रहेको प्रदेश अध्यक्ष ज्ञवालीको भनाई छ । उनले औषधी व्यबस्था विभागमा दर्ता नभएका र फार्मेसीले बेच्न नमिल्ने औषधीहरु बिक्री नर्गन पनि अर्घाखाँचीका औषधी व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
नेपाल औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष प्रेम बहादुर पछाईको अध्यक्षता, महासचिव तिलक मिश्रको सञ्चालन र उपाध्यक्ष टंक प्रसाद भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको छैठौ जिल्ला अधिबेशनको उद्घाटन समारोहमा नेपाल औषधी व्यवसायी संघका केन्द्रिय सदस्य सरला कुमारी विष्ट, प्रदेशस समितका अर्घाखाँची इन्चार्ज थानेश्वर अर्याल, प्रदेश सदस्य नारायण पौडेल, मालारानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भविश्वर खनाल, पत्रकार महासंघका निबर्तमान अध्यक्ष हिमबहादुर जिसी (लेकाली) लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा निबर्तमान अध्यक्ष लिलामणी ढुंगाना, शसी मेडिकलका सञ्चालक शसी गौतम र पम्फा मेडिकलका हिराकुमार श्रेष्ठलाई खादा, माला र सम्मान पत्रले सम्मान गरिएको थियो । अर्घाखाँची औषधी व्यवसायी संघमा ५६ जना औषधी व्यवसायीहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close