सन्धिखर्क १० मा महिला सशक्तिकरण तालिम शुरु

प्रेमनारायण आचार्य ,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा २ दिने महलिा सशक्तिकरण सम्बन्धि तालिम शुरु भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्वर १० को आयोजना र वडा स्तरीय महिला सञ्जालको समन्वयमा तालिम शुरु भएको हो ।
उद्धाटन समारोहमा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले महिला सशक्तिकरण विना समाज रुपानतरण नहुने बताउनु भयो । उहााले गाउँ समाजमा हुने सबैखाले विकास निर्माण कामको निगरानी गर्न पनि सबै महिलाहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा वडा अध्यक्ष मोहनसिंह ठकुरी, वडा सदस्य इश्वरी प्रसाद मरासिनी, हरिलाल पराजुली, तारा चौहान (नेपाली,), वडा सचिव विष्णु प्रसाद आचार्य, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, वडा कार्यालयका कर्मचारीहरु कृष्णा भुसाल, प्रदिप आचार्य, पवित्रा पुन लगायतको उपस्थिति रहेको थियो ।
तालिमको सहजीकरण सुरज सारु र बाबुराम पौडेलले गर्नु भएको छ ।
तालिमको उद्धाटन् समारोह महिला सञ्जालका अध्यक्ष इन्दिरा हमालको अध्यक्षता, मुनासिंह ठकुरीको सञ्चालन र शान्ता नेपालीको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close