बादरबाट खेति जोगाउन नसकेपछि गाउँका किसान विस्थापीत हुन बाध्य छन

सुर्य प्रसाद भुसाल, सन्धिखर्क ।जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोरालाले बसाइँसराइका कारण बाक्लो बस्ती पातलिँदै गएपछि केही वर्ष अघिसम्म लहलह झुल्ने खेतबारी अहिले बाँझै र गाउँका घरहरु खालि हुदा बैकल्पिक कृर्षिको खोजि गरि बढदो बसाइ सराई रोक्नका लागि सरकारले विशेष योजना ल्याउनु पर्ने बताउनुभएको छ ।
महिला आर्थिक शसक्तिकरण का लागि उत्थानसिल उधम सस्थाले सन्धिखर्कमा गरेको छलफल कार्यक्रममा समन्वय प्रमुख कोईरालाले अबको कृर्षि युग अनुसारको प्रबिधि मैत्री हुनु पर्नेमा जोड दिदै बाँझो फोड्ने जनशक्ति पनि गाउँमा नहुँदा तथा युवाहरु विदेशिएकाले बुढाबुढी र केटाकेटी मात्र गाउँमा हुदा किषान समेत जेनतेन अडिन सफल भएको बताउनुभएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले किसानलाई अनुदान दिने सरकारि नीति परिमार्जन गर्नु को बिकल्प नभएको बताउँदै बादर बँदेल दुम्सि लगाएत जगंली जनाबरले किसान आजित पारेको तर्क गर्नुभयो। नगरप्रमुख श्रेष्ठले भने किषानले खेति लगाउन अनुदान पाउँछन् तर अनुदान बाट गरेको खेतिले प्रगति हुन सकेन उल्टै किषान बिस्तापित हुने अबस्था आयो अब ठाउँ भुगोल माटो अनुसारको खेति गर्न किषानलाई उत्पादन मा आधारित अनुदान दिने बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले भने बाँदरबाट खेतिपाति जोगाउ मुस्किल भएपछि अब अर्घाखाँची का धेरै ठाउहरुमा माटो परिक्षण गरेर फलफुल क्युवि एबोगार्ड सुन्तला मौसम दाते ओखर कफि अदुवा पिँडालु बेसार पुष्प खेति लाई किषानले रोजेमा स्थानिय सरकारले अनुदान दिने र त्यसबाट किषानहरु लाभान्वित हुने बताउनुभयो। कार्यक्रममा नगरपालिका का उपप्रमुख मिश्रा आचर्यले किषानहरुका समस्या बुझेर स्थानिय सरकारले लगानी गरिरहे भएपनि त्यसले सोचे अनुसार प्रतिफल दिन नसकेको बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का अध्यक्ष श्रिधर महत्रा ,८ का अध्यक्ष हुम प्रसाद बन्जाडे एस आई एसका प्रतिनिधि डाक्टर मणिराम बन्जाडे ,कृर्षि ज्ञान केन्द्र का अधिकृत टिकाराम न्यौपाने ,जिल्ला बन अधिकृत यादब सापकोटा कृर्षि सहकारी संघका लक्ष्मण कंडेल बरिस्ठ कृषक पुष्कर बन्जाडे ,गणेश बन्जाडे , सिला भुसाल , रामु केसि समाजसेवी सहयोगी बिसि ,राधा खनाल शारदा न्यौपाने लगाएतले भनाइ ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिका नगरउपप्रमुख मिश्रा आचर्य को अध्यक्षता पुष्कर बन्जाडेको स्वागत मन्तब्य सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !