मालारानी मा रहेको शान्ति मा.वि.हीरक महोत्सवको तयारीमा जुट्यो

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहेको शान्ति मा.वि.विधालय हीरक महोत्सवको तयारीमा जुटेको छ।वैशाख ३गते मनाउने हीरक महोत्सवको तयारीमा पत्रकार सम्मेलन गरि विधालयले गर्ने कार्यक्रमको बारेमा बिधालयका प्रअ मान बहादुर पाण्डेले जानकारी गराउनुभएको छ।
२०१९ सालमा स्थापना भएको बिधालयमा बालबिकस देखि कक्षा १०सम्म साधरण धार,कक्षा ११र१२ मा व्यवस्थापन तथा शिक्षा शास्त्र र कक्षा ९देखि१२सम्म प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनियरिङका कक्षा संचालन हुँदै आएको उहाँले बताउनुभयो।कार्यक्रम सफल पार्नको लागि सन्धिखर्क,बुटवल र काठमाडौमा पुगी पुर्व बिद्यार्थी संग अन्तक्रिया कार्यक्रम गरि बिधालय गुणस्तर सुधारको लागि समीक्षा गरिएको प्रअ पाण्डे ले जानकारी गराउनुभयो।
हिरक महोत्सव पुर्व बार्षिक खेलखुद,हाजिरी जफाव प्रतियोगी ,विभिन्न समिति गठन गरि कार्यक्रमको तयारीमा जुटने बताउनुभयो। वडा अध्यक्ष तुल्सीराम मिश्रले कार्यक्रम सफल पार्नको लागि सबैमा आग्रह गर्नुभयो।यस्तै शैक्षिक क्षेत्रमा शान्ती माविको पहिँचान फरक रहेकाले यसलाई थप ब्यवस्थीत बनाएर लैजानको लागि वडा कार्यालय लाग्ने बताउनुभयो।कार्यक्रममा शान्ती मावि पुतपुर्व विद्यार्थीका अध्यक्ष नारायण प्रसाद भुसाल ,पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायतले सुभकामना मन्तव्य राखेको कार्यक्रम वडा अध्यक्ष तुल्सीराम मिश्रको प्रमुख आतिथ्यता,प्रअ मानबहादुर पाण्डेको अध्यक्षता,सहायक प्रअ तारा प्रसाद भुसालको स्वागत मन्तव्य र सहायक प्रअ माधव प्रसाद पन्थीको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close