आज शहीद दिवस,सार्वजनिक बिदा छैन

काठमाडौं । आज शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । जहानियाँ राणा शासन विरुद्ध विद्रोह गर्ने चार शहिदले शहादत प्राप्त गरेको अवधि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको हो ।आज सार्वजनिक बिदा सरकारले दिएको छैन ।

शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । यस्तै धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो ।देशका यी महान सपुतहरुको सम्झनामा हरेक वर्षको माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने चलन २०१० सालदेखि शुरु भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close