अर्घाखाँचीमा भत्ता बुझन गएका बृद्धको भिरबाट लडेर मृत्यु

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा बृद्धभक्ता बुझेर घर फर्किने क्रममा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका वडा नम्बर १ साम्ने गाउँका अन्दाजी ७१ बर्षिय विर बहादुर गमालको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नगरपालिकाको धारापानी स्थित साईनरेसुङ्गा बैंकबाट बृद्धभक्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
बुधबार राति ८ बजेको समयमा भिरबाट लडेको उहाँले बताउनुभयो । शव भिरको अप्ठारो ठाँउमा भएकाले आज मात्र शव निकालिएको बताउनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको समेत प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close