अर्घाखाँचीको भुमिकास्थानमा आगो निभाउने क्रममा ५ जना घाइते ,४को अवस्था गम्भिर

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालीमा आगो निभाउने क्रममा ५ जना घाइते भएका छन ।वडा नम्बर २ को तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४ जना गम्भिर घाइते भएका छन,भने एक जना मध्यम घाइते भएको अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
गम्भिर घाइते हुनेको शरिरका विभिन्न भाग जलेको छ ।घर मालिक पदम बेल्बासे ,स्थनीयहरु माधव बेल्बासे ,घनश्याम बेल्बासे र पिताम्बर बेल्बासे जलेर गम्भिर घाइते भएको प्रहरी नायव उपरिक्षक रिजालले बताउनुभयो ।
यस्तै अस्मिता बेल्बासेको शरीरको बिभिन्न भाग जलेको छ उहाँको अबस्था मध्यम रहेको बताउनुभयो ।

घाइते भएकालाई अर्घाखाँची अस्पतालबाट थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा लगिएको स्वास्थ्यकर्मी अशोक चौहानले बताउनुभयो । आगलागीपछि प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।
स्थानीय बासिन्दा,जनप्रतिनिधि र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएसंगै अन्य घरहरु जोगिएको वडा नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिनुभएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close