संविधानको रक्षा गर्न कांग्रेसले सक्छः नेतृ क्षेत्री

अर्घाखाँची ।संविधानको रक्षा, लोकतन्त्र र संघीयता कार्यन्यवन गर्न कांग्रेसले सक्ने लुम्बिनी प्रदेशसभा सचेतक निर्मला क्षेत्रीले बताउनुभएको छ । क्षेत्रीले काङ्ग्रेस बिना लोकतन्त्र र लोकतन्त्र बिना राज्यको बिकास समृद्धि हुन नसक्ने दाबी गर्दै कम्युनिस्टहरुले अनियमितता र भ्रस्टाचारलाई प्रसय दिइ संरक्षण दिने काम गरेको बताउनुभएको छ ।
आज नेपाल प्रेस युनियन अर्घाखाची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेतृ क्षेत्रीले चुनावमा भोट माग्दा बाडेको समृद्धि र स्वरोजगारको सपना बिर्सेर दाहाल र ओली कुर्चीको लडाईमा लागेको बताउनुभएको हो ।केहि दिन अघि पश्चिमका २५ जिल्लामा पुगेर आउनुभएकी नेतृ क्षेत्रीले महिला हिंसाका पिडक हरुले संरक्षण पाउने क्रम पनि बढ्दो रहेको बताउनुभयो । महिलाहरु देश भरी असुरक्षित महसुस गरेको भन्दै उनले आर्थिक अभाब र प्रलोभनमा महिला हिंसाका घटना लुकाउने र दवाउने क्रम पनि बढ्दो रहेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस !