अर्घाखाँचीमा यात्रु छतमा राख्ने जिप नियन्त्रणमा,आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने ट्राफिकले तस्वीर भाइरल गर्नेलाई धन्यवाद दियो

सन्धिखर्क । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले यात्रुलाई छतमा राख्ने जिपलाई नियन्त्रणमा लिएको छ ।भुमिकास्थान नगरपालिकाको ढाकाबाङबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ३४३९ नम्बरको सवारी जिपले छतमा यात्रु राखेको तस्वीर सामाजिक संजालमा भाइरल भएपछि बाध्य भएर नियन्त्रणमा लिएको छ ।

ट्राफिक नियम विपरित छतमा यात्रु राख्ने , यात्रु हरुको सुरक्षामा गंभिर लापरबाही गर्ने,सवारी साधनलाई नियन्त्रणमा लिई यस कार्यालयमा राखिएको जनाएको छ । साथै उक्त घटनाको सम्बन्धमा सम्बन्धित संस्था,सवारी धनी र चालकलाई कार्यालयमा बोलाई छलफल गरी कागज गरी प्रचलित कानुन बमोजिम हुने ट्राफिक जरिवाना गरेर मात्र छाडिनेछ र उक्त गैर कानुनी कार्यको तस्वीर सामाजिक संजालमा राखी सवारी दुर्घटना न्युनीकरणमा र नियमको कार्यान्वयन गर्न गराउन यस कार्यालयलाई सहयोग गरिदिनु भएकोमा सबै सामाजिक संजाल प्रयोगकर्ताहरुलाई कार्यालयले धन्यवाद दिए पनि पछिल्लो समय ट्राफिक प्रहरी माथी पनि प्रश्न उठने गरेको छ ।

सवारी चेक जाँच गर्ने जिम्मेवारी ट्राफिकको भएपनि उनीहरुले चेक जाँचमा खासै ध्यान दिने नगरेको स्थानीयको भनाइ छ ।सन्धिखर्कबाट बुटवल जादा समेत अधिकामश गाडीले सिट क्षमता भन्दा बढी यात्रु राख्दा समेत खासै ट्राफिकको ध्यान पुगेको पाइदैंन।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close