दाङको भालुवाङमा भएको बस दुर्घटनामा परि १२ जनाको मृत्यु, २३ घाइते

काठमाडौं । दाङको भालुवाङमा गएराती यात्रुबस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार आज शनिबार बिहान पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तर मृतकहरूको पहिचान खुल्न सकेको छैन। घाइते २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको छ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रु बस गए राति साढे १० बजेतिर देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खसेकको हो।

बसमा करिब ३५ जना यात्रु सवार रहेको हुनसक्ने प्रहरीले बताएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन। तर तीव्र गतिले बस पुलबाट खसेको अनुमान प्रहरीले गरेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close