अर्घाखाँचीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ५ जना,भुमिकास्थान नगरपालिकामा २ जना,शितगंगा नगरपालिकामा १ र पाणिनी गाउँपालिकामा १गरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसंगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ४ सय २८ पुगेको छ ।यस्तै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४हजार २सय ७८ रहेको छ । यस्तै अब सक्रिय कोरोना संक्रमितको संख्या ६५ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ३६,भुमिकास्थान नगरपालिकामा ११ जना,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा ७ जना,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि ६५ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।यस्तै  हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८५ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close