पूर्वी नवलपरासीमा घाँस काट्न जंगलमा गएका सासूबुहारी मृत फेला

नवलपरासी। पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ मा सासूबुहारी जगंलमा मृत फेला परेका छन । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएको सूचनाको आधारमा खोजतलास गर्दा गएराति २ जना महिलाको शव फेला परेको हो ।

मृतको कम्बरमा चोट छ ।यसबारेमा थप अनुसन्धान भैरहेको छ । स्थानीयले बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको बताए,पनि प्रहरीले थप अनुसन्धान बढाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close