पत्रकार महासंघ अर्घाखाँचीले पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत पुष १८ गते भित्र ६१ वटै वडामा कार्यक्रम गदैं

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा जिल्लामा रहेका पत्रकारहरूसंग पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले गर्न लागेको अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रमका लागि आज अन्तरक्रिया भएको हो ।जिल्लाका ६१ वटै वडामा यही पुष १८ गतेसम्म पर्यटन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया गर्ने निर्णय समेत भएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले जानकारी दिनुभयो ।

छलफल तथा अन्तरक्रियाको लागि सम्पुर्ण वडामा प्रतिनिधि तोकिएको छ । ६१ वटै वडामा खटिएका प्रतिनिधिले वडा अध्यक्ष, स्वास्थ्य सस्थाका प्रमुख,सहकारीका प्रमु्ख,बिधालयका प्राचार्य,स्थानीयबासीहरु लगायतको सहभागीतामा वडामा भएका गतिविधि र विशेष गरी वडामा रहेका पर्यटकीय क्षेत्रको डाटा संकलन लगायतका विषयमा रहेर अन्तरक्रिया गर्ने बताएको छ ।
जिल्लाका पर्यटकीय क्षेत्रको पहिँचान गरि धेरै भन्दा धेरै पर्यटकलाई जिल्लामा ल्याउन यो अभियान सुरु गर्न लागिएको पत्रकार महासंघ अर्घाखाँचीको भनाइ छ ।

कार्यक्रम पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता कोषाध्यक्ष रुद्रमणि भुसालको संचालनमा सम्पन्न भएको हो । पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउदो माघ १ गते अर्घाखाँची आउनुहुने समेत जनाएको छ । बैठकले अभियानको प्रवक्तामा पत्रकार महासंघका जिल्ला सह–सचिव हृदय कुमार भुसाललाई बिस्तारित बैठकले चयन गरेको छ ।

जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाको संयोजनमा बसेको बैठकले कार्यक्रम उद्घाटन समारोहको स्थल टुडिखेललाई तय गरेको छ ।बैठकले अशोक खनाल संयोजक, पत्रकार महासंघका पूर्व अध्यक्ष द्धोय शोभाखर पन्थी,हिम लेकाली,पूर्व सचिव सुर्य प्रसाद भुसाल, सह–सचिव हृदय भुसाल, कार्यसमिति सदस्य गोपाल प्रसाद भट्टराई र बिष्णु खनाल सदस्य रहेको ७ सदस्यिय सचिवालय गठन गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close