अर्घाखाँचीमा थप १९ जनामा कोरोना पुष्टि, १६ जना डिस्चार्ज

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ९ जना ,भुमिकास्थान नगरपालिकामा ६ जना र मालारानी गाउँपालिकामा ४ जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै हाल सम्म कोरोना पुष्टि हुनेको संख्या २९ सय ६२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरबाट १६ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २५ सय ७४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रियक कोरोना संक्रमितको संख्या ३ सय १९ रहेको छ । यस्तै कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ६९ रहेको छ ।
कमेन्ट गर्नुहोस !