हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिनको उद्दार प्राथमिकतामा राखेका छौँःमोहम्मद बिन अब्दुल

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सोमबार भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको सम्बन्धका आधारमा मानवीय मामिलामा कतार सरकारसँग आशा गरेको बताउनुभएको थियो ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताउनुभयो । उहाँले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा राखेको पनि बताउनुभएको थियो ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमणआदि विषयमासमेत कुराकानी गर्नुभएको थियो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close