सन्धिखर्कमा जलवायु सम्बन्धि सचेतना कार्यक्रम ,हाजिरी जवाफ प्रतियोगितामा ज्ञानप्रकाश माबि प्रथम

सागर महत,अर्घाखाँची ।
नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान खुमलटार,ललितपुर काठमाण्डौंको आयोजना शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँची र जनज्योति माध्यमिक विद्यालय सन्धिखर्कको आयोजनामा जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम नास्टका बिज्ञान संकाय प्रमुख निशा राणाले पछिल्लो समय जलवायु परिवर्तनको असर अन्य देश सँगै नेपालमा पनि देखा परेको बताउनुभएको छ ।

यसको रोकथामका लागि ६३ वटा जिल्लामा हाल सम्म विभिन्न माध्ययबाट सचेतना कार्यक्रम गदै आएको बताउनुभएको छ ।यो अभियानलाई ७७ वटा जिल्लामा पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।जलवायु परिवर्तनको शिक्षा विद्यार्थीलाई आवश्यक पर्ने भएकाले सोहि बमोजिम कार्यक्रम गरिएको बताउनुभयो ।

 


जलबायु सचेतना केन्द्रका प्रमुख डा.बिमला देवकोटाले २०१० बाट संचालन भएको अभियान समुदाय स्तरमा पनि पुगेको बताउनुभयो।
नास्टका बरिष्ट बैज्ञानिक पवन कुमार न्यौपाने र बरिष्ट बैज्ञानिक अधिकृत अग्नी ढकाल मन्तव्य राख्दै जलवायु परिवर्तन सम्बन्धी सचेतना अभियानमा सबै क्षेत्रबाट लाग्न आवश्यक रहेको बताउनुभयो ।

शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले यो कार्यक्रमले विद्यार्थीको शैक्षिक सुधार सँगै बदलीएको जलवायु परिवर्तनको जानकारीमा थप श्रोत प्राप्त हुनेमा भुमिका रहने बताउनुभयो ।

ज्ञानप्रकाश माबि सल्लीकोटका प्रधानाध्यापक सुर्य बहादुर खनाल लगायले शुभकामना मनतब्य राखेको कार्यक्रम जनज्योति माबिका प्र.अ.माधव प्रसाद आचार्यको अध्यक्षता, शिक्षक तेजुराम पराजुलीको स्वागत मनतब्य र नन्दराम भट्टराइको सञ्चालनमा सम्पन्न भएको हो ।


यस्तै जलवायु परिवर्तन सचेतना कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा ज्ञानप्रकाश माबि डिभर्ना प्रथम, जनज्योति माबि चुत्राबेसी दृतिय र युवाबर्ष रबिचित्र माबि हटारी तृतिय स्थान प्राप्त गरेकाछन । बिजेता टिमलाई क्रमश १३ हजार,११ हजार र ९ हजार नगद सहित प्रमाणपत्र प्रदान गरीएको हो । प्रतियोगितामा सन्धिखर्क नगरपालीकामा रहेका १० वटा सामुदायिक बिद्यालयहरुको सहभागिता रहेको थिए ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close