क्यान महासंघ अर्घाखाँचीको आयोजनामा साइबर सुरक्षा सम्बन्धि कार्यक्रम सम्पन्न

सन्धिखर्क।क्यान महासंघ अर्घाखाँची शाखाको आयोजनामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी सन्धिखर्कमा मनाइएको छ।विशेष गरि पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएकाकोले साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि जनचेतना जगाउने उदेश्यका साथ कार्यक्रम गरिएको हो।

क्यान महासंघ अर्घाखाँची शाखाका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता , सन्धिखर्क नगरपालिकाका सूचना प्रविधि अधिकृत बिशाल महतको प्रमुख आतिथ्यता, सिविए अध्यक्ष कृष्ण बर्माको विशिष्ट आतिथित्या सम्पन्न भएको हो।

क्यान महासंघ प्रदेश प्रतिनिधि दीपक नेपाली, पूर्व जिल्ला सहसचिव दीपक पौडेल लगायतका विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिव ५० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो।

प्रमुख अतिथि बिशाल महतले व्यानर बाचन गरेर शुभारम्भ गरेको  कार्यक्रममा क्यान अर्घाखाँचीका सदस्य विष्णु भुसालले स्वागत मन्तव्य उक्त कार्यक्रममा विशिष्ट अथिति कृष्ण बर्मा र प्रमुख अतिथि बिशाल महतले साइवर सुरक्षाको विषयका जानकारीमूलक भनाइ राख्नु भएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close